Federation of Indigenous Peoples of Nepal in America (FIPNA)
Follow us:
nepalesediaspora.com
न्यूयोर्कमा आदिवासी जनजाति महासंघको सांस्कृतिक साँझ बन्यो भव्य

न्यूयोर्क । नेपालका विभिन्न आदिवासी जनजातिहरुले अमेरिकाको न्यूयोर्कमा आफ्नो मौलिक संस्कृति प्रस्तुत गरेका छन् । 

न्यूयोर्कको उडसाईडमा नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना) अमेरिकाले शुक्रबार आयोजना गरेको वृहत आदिवासी जनजाति सांस्कृतिक साँझमा १८ वटा आदिवासी जनजातिहरुले आफ्नो मौलिक संस्कृति र नृत्य प्रस्तुत गरेका हुन् । डम्फु र टुंगना बजाउँदै तामाङ सेलो र डोलक बजाउँदै नाँचिएको सोई ढोले सोईले नेपालको सांस्कृतिक विविधतालाई अमेरिकामा जीवन्त बनाएको थियो । त्यस्तै कुमारी नाँच, शेर्पा नाँच सँगै मगर संस्कृति झल्कीने नृत्यले कार्यक्रमलाई रोचक बनाएको थियो । कार्यक्रममा सहभागिहरु आआफ्नो मौलिक भेषभुषामा उपस्थित भएका थिए । 

2025-06-29
nayapatrikadaily.com
फिप्नाले न्युयोर्कमा देखायो आदिवासी जनजाति संस्कृति

नेपालका विभिन्न आदिवासी जनजातिहरूले अमेरिकाको न्युयोर्कमा आफ्नो मौलिक संस्कृति प्रस्तुत गरेका छन्।

न्युयोर्कको उडसाइडमा नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना) अमेरिकाले  आयोजना गरेको बृहत् आदिवासी जनजाति सांस्कृतिक साँझमा १८ वटा आदिवासी जनजातिहरूले आफ्नो मौलिक संस्कृति र नृत्य प्रस्तुत गरेका हुन्।

कार्यक्रममा सहभागीहरू आ–आफ्नो मौलिक वेशभूषामा उपस्थित भएका थिए। औपचारिक कार्यक्रमभन्दा फरक शैलीमा गरिएको सांस्कृतिक साँझमा देखाइएको प्रस्तुतिलाई नेपाली एवं अमेरिकी सहभागीहरूले निकै रुचिका साथ अवलोकन गरेका थिए।

2025-06-29
ekantipur.com
न्युयोर्कमा नेपाली जनजातिको सांस्कृतिक साँझ

अमेरिका — नेपालका आदिवासी जनजाति समुदायले अमेरिकाको न्युयोर्कमा मौलिक संस्कृति प्रस्तुत गरेका छन् ।
न्युयोर्कको उडसाइडमा नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना) अमेरिकाले शुक्रबार आयोजना गरेको आदिवासी जनजाति सांस्कृतिक साँझमा आदिवासी जनजातिका १८ समूहले मौलिक संस्कृति र नृत्य प्रस्तुत गरे । डम्फु र टुंगना बजाउँदै तामाङ सेलो र डोलक बजाउँदै नाचिएको सोई ढोले सोईले नेपालको सांस्कृतिक विविधतालाई अमेरिकामा जीवन्त बनाएको थियो । त्यस्तै कुमारी नाच, शेर्पा नाचसँगै मगर संस्कृति झल्किने नृत्यले कार्यक्रमलाई रोचक बनाएको थियो । कार्यक्रममा सहभागीहरु मौलिक भेषभूषामा उपस्थित भएका थिए ।

2025-06-29
nycnepalnews.com
(फिप्ना) ले ११५ औं अन्तराष्ट्र्रिय नारी दिवस मनायो : महिला शशक्तिकरण र लैंगिक समानताका लागि घर परिवारबाटै सहयोग गर्नुपर्ने वक्ताहरुको धारणा

न्यु योर्क। नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले ११५ औं अन्तराष्ट्र्रिय नारी दिवसको अवसरमा कार्यक्रम आयोजना गरेको छ। क्वीन्सको एल्म्हस्र्ट अस्पतालको अडिटरियम हलमा आयोजित कार्यक्रममा सहभागी वक्ताहरुले महिला शशक्तिकरण र लैंगिक समानताका लागि घर परिवारबाटै सहयोग गर्नुपर्ने धारणा राखे। कार्यकममा सहभागी वक्ताहरुले आ–आफ्नो अनुभव र संघर्षको कथा सुनाएका थिए। एनवाइसी नेपाल न्युज डटकमका सम्पादक मच्छेदेवी गुरुङले आफ्नो उपथिति नभए सम्म आवाज विहिनहरुको आवाजलाई समेटन र समुदायको आवाज उठाउन नसक्ने भएकोले आफुले पत्रकारिता पेशामा संलग्न रहेको बताए। पत्रकारितामा आदिवासी जनजाति महिला सहभागीताको लागि परिवार र समुदायले नै सहयोग गर्नुपर्ने गुरुङको भनाइ छ। फरक समुदायका महिलाका समस्या फरक फरक हुने भएकोले विभिन्न समुदायका महिलाको मुद्धा फरक ढंगले नै सम्बोधन गर्नु पर्ने बताए। सम्पादक गुरुङले पत्रकारिता पेशा चुनौतीपूर्ण रहेको उल्लेख गर्दै नेपालमा राजावादीले गरेको आन्दोलनमा कर्तव्य पालन गर्ने क्रममा पत्रकार सुरेश रजकको मृत्युको घटना क्रुर  र  निन्दनिय भएको भन्दै भत्र्सना गरे। समुदायलाई सूचनामार्फत सुसुचित गर्नका लागि एनवाइसीनेपाल डटकम शुरुवात गरेको बताइन् । महिलाको शशक्तिकरणका लागि सबैले एकै ठाउँमा आएर सधै साथ सहयोग र प्रोत्साहन गर्न अनुरोध गर्दै समुदायको हितको लागि सम्पूर्ण समुदायलाई एक साथ उभिनको लागि अनुरोध गरे ।

2025-03-30
trivenitimes.com
अमेरिकामा १४८औं लखन थापा स्मृति दिवस भव्य रूपमा सम्पन्न

न्यूयोर्क- आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)को आयोजनामा नेपालका प्रथम शहीद लखन थापाको १४८औं स्मृति दिवस अमेरिकामा भव्य रूपमा मनाइएको छ। नेपाल सरकारका महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री नबल किशोर शाह सुडीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभाका सदस्य सुशीला श्रेष्ठ र संविधानसभा सदस्यसमेत रहेकी कमला विक विशेष अतिथिका रूपमा उपस्थित थिए।

फिप्नाले हरेक वर्ष लखन थापाको योगदानलाई स्मरण गर्दै स्मृति दिवस मनाउँदै आएको छ। कार्यक्रमको शुभारम्भ प्रथम शहीद लखन थापाको तस्बिरमा माल्यार्पण तथा दीप प्रज्वलन गर्दै गरिएको थियो। प्रमुख अतिथि शाहले लखन थापाको साहसिक योगदानको उच्च प्रशंसा गर्दै जनजाति, दलित, मधेशी समुदायले आफ्नो अधिकार स्थापित गर्न एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका थिए।

कार्यक्रममा विशेष अतिथि सुशीला श्रेष्ठले लखन थापाको त्याग र बलिदानकाे स्मरण गरेकि थिइन्।

2025-03-19
nycnepalnews.com
प्रथम शहीद लखन थापा मगरको स्मृतिमा न्यू योर्कमा कार्यक्रम

न्यू योर्क। नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाले प्रथम शहीद लखन थापा मगरको स्मृति दिवसमा कार्यक्रम आयोजना गरेको छ। फिप्नाले प्रथम शहीद लखन थापा मगरको १४८औ स्मृति दिवसमा कार्यक्रम गरी मनाएको हो । कार्यक्रममा नेपाल सरकारका महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नोवल किशोर साह सुडी, प्रतिनिधि सभा सदस्य सुशीला श्रेष्ठ र संविधानसभा सदस्य कमला बिश्वकर्माको समेत उपस्थिति थियो । 

कार्यक्रममा प्रमुख अतिथि मन्त्री नोवल किशोर साहले नेपालको प्रथम शहीद लखन थापा मगरको फोटोमा खादा, फूल तथा दीप प्रज्वल गरी र एक मिनेट मौनधारण गरी उद्घाटन गरिएको थियो। मन्त्री साहले नेपालको प्रथम शहीद लखन थापामगरले गर्नु भएको योगदानको चर्चा गर्दै जनजाति, दलित, मधेसीहरू आफÞनो अधिकार स्थापित गर्नको लागि एकजुट भई आगाड़ी बढनुको विकल्प नरहेको बताए। प्रतिनिधि सभा सदस्य सुशीला श्रेष्ठले प्रथम शहीदको मार्ग दर्शन र त्यागको सम्मान गर्दै नेपालको समसामयिक राजनीतिको बारेमा आफÞनो धारणा व्यक्त गरिन्। प्रतिनिधिसभा सदस्य श्रेष्ठले सिंगो लिम्बु जाति र समुदायको आस्थाको धरोहर र साँस्कृतिक सम्पदा मुकुम्लुङमा हस्तक्षेप नगर्न सरकारलाई चेतावनी दिइन् ।  श्रेष्ठले भनिन्, यदि जबरजस्ती गरी केवलकार निर्माण गरीएमा दीर्घकालीन रुपमा संचालन नहूने र दैवी शक्तिले निर्माण कार्यमा संलग्न व्यक्तिलाई असर पुग्न सक्छ।

2025-03-16
makaihousenews.com
नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)को बार्षिक साधारण सभा सम्पन्न

न्यूयोर्क, जनवरी १८ , २०२५ – नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (FIPNA) ले आज न्यूयोर्कमा बार्षिक साधारण सभा सम्पन्न गरेका छन ।
फिप्नाका अध्यक्ष तोरण गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सॅधिय परिषदका सभामुख , उपसभामुख , फिप्नाका सदस्य संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू, सल्लाहकार हरू , प्रत्रकार एवं अन्य अतिथीहरूको उपस्थिती रहेको थियो। भने कार्यक्रमको सञ्चालन फिप्नाका महासचिव दिपक चौधरीले गर्नु भएको थियो ।
कार्यक्रमको प्रारम्भ फिप्नाका वरिष्ठ उपाध्यक्ष तुल बहादुर तामाङ द्वारा स्वागत मन्तव्य दिएर गरियो। उहॅाले फिप्ना द्दारा गरिएका सम्पूर्ण कार्यक्रमहरू फिप्नामा आबद्द सदस्य सॅस्थाहरू , सल्लाहकारहरू र अन्य संघ सॅगठनहरू सॅगको समन्वय र सहयोग बाट सफल भएको कुरा राखेका थिए ।

2025-01-20
nycnepalnews.com
फिप्नाको वार्षिक साधारण सभा सम्पन्न

न्यू योर्क। नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले वार्षिक साधारण सभा सम्पन्न गरेको छ। क्वीन्सको ज्याक्सनहाइटमा अवस्थित फिप्नाको कार्यालयमा जनवरी १८ मा भएको साधारण सभाले महासचिवको संस्थागत कार्यप्रगति प्रतिवेदन तथा कोषाध्यक्षको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ। फिप्नाका महासचिव दिपक चौधरीले संस्थागत कार्यप्रगति प्रतिवेदन पेश गरेका थिए। कोषाध्यक्ष कृष्ण महर्जन र सह–कोषाध्यक्ष  धावा ल्हामु शेर्पाले आर्थिक प्रतिबेदन  प्रस्तुत गर्नु गरेका थिए। संस्थाको प्रगति प्रतिबेदन र आर्थिक प्रतिबेदन साधारण सभाले सर्वसम्मतले पारित गरेको हो। 

फिप्नाका अध्यक्ष तोरण गुरुङले फिप्नाले २०२५ को कार्ययोजना प्रस्तुत गरेका थिए। अध्यक्ष गुरुङले लखन थापा शहिद दिवस, विश्व महिला दिवस, नेपाल आदिवासी संस्कृति एकता साँझ, नेपाल हेरिटेज डे, विश्व आदिवासी दिवस र महाधिवेशन गर्ने कार्ययोजना प्रस्तुत गरेका थिए। 

2025-01-19
nycnepalnews.com
फिप्नाद्वारा मेन्टल हेल्थ फस्र्ट एड प्रशिक्षण

एनवाइसिनेपालन्यूज संवाददाता

न्यू योर्क सिटी। नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिका (फिप्ना) ले मेन्टल हेल्थ फस्ट एड प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ।

फिप्नाले नेशनल काउन्सिल फर बिहेभियरल हेल्थसँग मिलेर नेपाली समुदायका झण्डै दुई दर्जन मानिसलाई नोभेम्बर २३ मा यो प्रशिक्षण दिएको हो। यो प्रशिक्षणसँगै उनीहरु मानसिक स्वस्थमा समस्या भएका मानिसलाई प्राथमिक उपचार उपलब्ध गराउन सक्ने भएका छन्।

मानसिक स्वस्थमा समस्या भएका मानिसलाई पहिचान गरी त्यस अनुसार प्राथमिक उपचार गराउन नसक्दा गम्भीर समस्या उत्पन्न हुने गरेको छ। गत मार्च २७ मा न्यू योर्क सिटी पुलिसले विन रोजारियो नामक मानसिक स्वस्थमा समस्या भएका बङ्गाली मूलका १९ वर्षीय युवालाई गोली हानी मारिदिएको थियो। रोजारियो आफैले प्रहरीलाई फोन गरी सहयोग मागेका थिए। सहयोगका लागि क्विन्सको ओजोन पार्कस्थित रोजारियोको घर पुगेका प्रहरीले नै गोली हानेका थिए। प्रहरीसँग मानसिक रोग पहिचान र उपचार गर्ने स्वास्थ्यकर्मी थिएनन्।

2024-11-24
nycnepalnews.com
लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा प्रदेश सभा सदस्य डिल्ली बहादुर चौधरीसँग फिप्नाको अन्तरकृया

न्यू योर्क। नेपाल आदिवासी जनजाति महासघं अमेरिका (फिप्ना)ले लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीसँग अन्तरकृया गरेको छ। (फिप्ना)ले नोभेम्बर ९ तारिख शनिबार फिप्नाको कार्यालय एल्महस्र्टमा पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीसँग मीट एण्ड ग्रीट गरेको हो। 

लुम्बिनी प्रदेशको प्रदेशसभा सदस्य चौधरी, लुम्बिनी सरकारका पू्र्व मुख्यमन्त्री, तथा केन्द्रीय सरकारमा श्रम तथा रोजगार राज्यमन्त्रीको रुपमा काम गरिसकेका छन्। 

कार्यक्रमको शुरुमा फिप्नाका सचिव दाजिमा शेर्पाले प्रदेशसभा सदस्य डिल्ली बहादुर चौधरीले गर्नुभएका संघर्षहरु, २ लाख कमैयाहरुलाई मुक्त गराउन गरेका कामको बारेमा जानकारी गराएका थिए । 

माननिय डिल्ली बहादुर चौधरीले आफ्नै बाजेहरु र बुबाको प्रेरणाले कमैया मुक्तीको लागि लड्ने र शिक्षाको ज्योति बाँड्नुपर्छ भन्न प्रेरणा मिलेको बताए।

2024-11-13
nycnepalnews.com
फिप्ना साँस्कृतिक गालाका स्वयंसेवक तथा कलाकारहरूलाई सम्मान

न्यू योर्क, - नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले स्वयंसेवक तथा कलाकारहरूलाई सम्मान गरेको छ। फिप्नाले ज्याक्सनहाइटमा एक कार्यक्रम गरी फिप्ना साँस्कृतिक गाला कार्यक्रमका स्वयंसेवक तथा कलाकारहरूलाई सम्मान गरेको हो।

फिप्ना साँस्कृतिक गाला कार्यक्रमका सहभागी, स्वयंसेवक, कलाकारहरु, सदस्य संस्थाहरुलाई सहयोग र सहकार्यको लागि फिप्नाका अध्यक्ष तोरण गुरुङ र संघिय परिषदका सभामुख भारती राईले प्रशंसा-पत्र दिई सम्मान गरेको हो। 

 फिप्नाका अध्यक्ष तोरण गुरुङले “हामी सबैको सहकार्यले फिप्नालाई अझ सशक्त र प्रभावशाली बनाएको बताए। नेपाली आदिवासी समुदायको सांस्कृतिक धरोहरलाई जगेर्ना गर्न फिप्नाको प्रयास सधैं रहने उल्लेख गर्दै यसमा सबैको निरन्तर समर्थन आवश्यक रहेको तर्क गरे। कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूणर् चन्दादाता, सल्लाहकारहरु, सदस्य संस्थाका प्रतिनिधीहरु, स्वयंसेवकहरु, कलाकारहरु, सहभागीहरूलाई धन्यवाद ज्ञापन गरे ।

2024-09-30
makaihousenews.com
फिप्ना द्दारा सांस्कृतिक गालाका स्वयंसेवक तथा कलाकारहरूका लागि सम्मान कार्यक्रम सम्पन्न

मकै हाउस सामुदायिक मिडिया, 
न्यूयोर्क, सेप्टेम्बर २८, २०२४ – नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (FIPNA) ले आज न्यूयोर्कमा स्वयंसेवक तथा कलाकारहरूका लागी सम्मान कार्यक्रम सम्पन्न गरेका छन ।  
फिप्नाका अध्यक्ष तोरन गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सॅधिय परिषदका सभामुख , फिप्नाका सदस्य संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू, सल्लाहकार , स्वयंसेवक र कलाकारहरूको उपस्थिती रहेको थियो। भने कार्यक्रमको सञ्चालन फिप्नाका महासचिव दिपक चौधरीले गरेका थिए । 

कार्यक्रमको प्रारम्भ फिप्नाका वरिष्ठ उपाध्यक्ष तुल बहादुर तामाङ द्वारा स्वागत मन्तव्य दिएर गरिएको थियो । उपस्थित सम्पुर्ण अतिथिहरूलाई धन्यवाद दिँदै फिप्नाका हरेक सफल कार्यक्रमहरूको पछाडि स्वयंसेवक, कलाकार र सदस्य संगठनहरूको सकृय सहभागिता र सहयोगबाट भएको कुरा राखेका थिए । त्यस्तै फिप्नाका सचिव एंव फिप्ना सांस्कृतिक गालाका संयोजक दाजिमा शेर्पाले फिप्ना सांस्कृतिक गालाको सफलतामा फिप्नाका सदस्य संगठनहरूको योगदान, स्वयंसेवकहरूको कठिन परिश्रम, र कलाकारहरूको सृजनात्मकतालाई विशेष रूपमा जोड दिदै हाम्रो संस्कृति र समुदायलाई अझ सशक्त बनाउन यस कार्यक्रमले मद्दत पुर्‍याएको कुरा राखेकी थिंईन् ।

2024-09-30
fipnaamerica.org
हार्दिैक श्रध्दाञ्जली।

नेपाल आदिवासी जनजाती महासॅघ अमेरिका फिप्नाका अध्यक्ष श्री तोरण गुरुङ ज्यूको पुजनिय पिता सिन्धुपाल्चोक जिल्ला त्रिपुरा सुन्दरी गा ,बि ,स,वडा नं ९ घर भई हाल काठमाण्डौं कपन वडा न १० निवासी भुपु नेपाल आर्मीको लप्टन श्री डम्बर बहादुर गुरुङ ज्युको ८७ बर्ष को उमेरमा असामयिक निधन भएको हुँदा दिवंगत आत्माको चिर शान्तिको कामना सहित शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति इश्वरले प्रदान गरुन् भनी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।

2024-08-23
makaihousenews.com
नेपाल आदिवासी जनजाती महासंघ अमेरिकाको “सांस्कृतिक गाला”सम्पन्न

न्युयोर्क । नेपाल आदिवासी जनजाती महासॅघ फिप्नाले “फिप्ना सांस्कृतिक गाला” कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ ।

गत जुलाई १९, २०२४ शुक्रबार सॅाझ न्युयोर्कको क्विन्स स्थित गुलसन टेरेसहलमा फिप्नाले कोषबृद्धी उदेश्यका लागी “सांस्कृतिक गाला” सम्पन्न गरेको हो ।

कार्यक्रममा फिप्नाका महासचिव दिपक चौधरी र सचिव डाजिमा शेर्पाले संयुक्तरुपमा संचालन गरेको कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष तुल बहादुर तामाङले स्वागत मन्तव्य राखेका थिए । 

2024-07-23
brtnepal.com
फिप्नाको आयोजनामा अन्तर्राष्ट्रिय नारीदिवशको अवसरमा प्यानल छलफल कार्यक्रम सम्पन्न

न्यु योर्क । नेपाल आदिवासी जनजाति महासघं अमेरिका (फिप्ना)ले यहू मार्च २५ आइतबारको दिन अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा प्यानल छलफल कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रममा पूर्व कृषि राज्यमन्त्री तथा बागमती प्रदेशका पूर्व उपसभामुख राधिका तामाङ अनेरास्ववियुका केन्द्रीय अध्यक्ष आरती लामा ,आदिवासी जनजाति महिला महासघंका संस्थापक अध्यक्ष सङ्गिनी राना मगर यसै गरी सोसियल सेक्युरिटी लाइसेन्स प्राप्त प्रशिक्षक डाजिमा शेर्पा प्रमुख वक्ताको रूपमा रहेका थिए ।संस्थाका अध्यक्ष तोरण गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सचांलक महासचिव दीपक चौधारी र सचिव शान्ति गुरुङले गर्नुभएको थियो भने सम्पूर्ण अतिथि एवं आमणंत्रित हरूलाई फिप्नाका वरिष्ठ उपअध्यक्ष तुल बहादुर तामाङले स्वागत मन्तव्य दिनुभएको थियो।कार्यक्रममा फिप्नाका सलहाकार सघिंयपरिषदका सभामुख भारती राई सदस्य संस्थाका अध्यक्षहरू नेपाल सरकारका पूर्व पर्यटन सद्भावना दुत केशव राम राई ,जन सम्पर्क समितिका महासचिव मुनीन्द्र नेम्वाङ नेपाली अमेरिकन कलाकार सघंका अध्यक्ष वशान्ती राई ,क्वीसं काठमान्डु लायन्स कलवका प्रतिनिधि ,एन,आर,ए न्यु योर्क च्याप्टर का महिला उपअध्यक्ष लक्ष्मी थापा एवं अन्य आमन्त्रित प्रतिष्ठित व्यक्तिहरूको उपस्थित रहेका थिए । …………….. Read more

2024-06-10
makaihousenews.com
फिप्ना द्वारा भर्चुअली “ नेपाली अमेरिकन हेरिटेज डे” को उपलक्षमा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

न्युयोर्क । मे २९, २०२४ बुधवारका दिन जुमको भॅचुल प्यात फोरोमा नेपाल आदिवासी जनजाती महासंघ अमेरिका (फिप्ना)को आयोजनामा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

महासंघका अध्यक्ष तोरण गुरुंगको अध्यक्षतामा सुरुवात भएको कार्यक्रममा फिप्नाका सचिव दाजिमा शेर्पाको टेकनिकल सपोर्टमा फिप्नाका महासचिव दिपक चौधरीले कार्यक्रमको सचांलन गर्नुभएको थियो । …………

This article was also covered by enepalese.com you can read the article by clicking here

2024-06-10
makaihousenews.com
फिप्नाले नेपालको प्रथम शहिद लखन थापा मगरको स्मृती दिवस मनाउदै छात्रबृती कोष कार्यक्रम घोषणा गरेको छ ।

न्युयोर्क । नेपाल आदिवासी जनजाती महासंघ, अमेरिकाले नेपालको प्रथम शहिद लखन थापा मगरको स्मृति दिवस मनाएको छ, सोहि अवसरमा महासंघले लखन थापा मगर छात्रबृती कोष कार्यक्रमको पनि घोषणा गरेको छ । 

गत मार्च १०, २०२४ आईतबारको दिन न्युयोर्क, क्विन्स स्थित द तमु गुरुंग सोसाईटी अफ अमेरिकाको कार्यालयको हलमा नेपालको प्रथम शहिद लखन थापा मगरको १४७ औ स्मृती दिवस सम्पन्न गरेको छ । उक्त स्मृती दिवस कार्यक्रममा महासंघका सदस्य संस्थाहरुको प्रतिनिधी, महासंघका कार्यसमिती पदाधिकारीहरु र संचारकर्मीहरुको उपस्थितीमा महान शहिद थापा मगरलाई सम्झदै मौन धारण र सहभागीहरुले शहिद मगरको बारेमा आफुले जाने बुझे जती भाबहरु ब्यक्त गरेका थिए ।

2024-03-31