Federation of Indigenous Peoples of Nepal in America (FIPNA)
Follow us:

माननीय परराष्ट्रमन्त्री शिशिर खनालज्यू Meet and Greet

Event Image

आदिवासी अभिवादन तथा नमस्कार।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको आयोजनामा माननीय परराष्ट्रमन्त्री शिशिर खनालज्यूको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ अमेरिकालाई आफ्ना धारणा राख्ने अवसर दिनुभएकोमा आयोजक टिमलाई हार्दिक धन्यवाद।

१. संविधानमा सुनिश्चित समावेशितालाई नीतिगत रूपमा प्रभावकारी कार्यान्वयन गर्दै आदिवासी जनजातिको हक, हित र अधिकार सुनिश्चित गरियोस्।

२. विनाशकारी बाढी–पहिरोबाट प्रभावित परिवारप्रति हार्दिक दुःख तथा समवेदना।

३. प्रभावित नेपाली परिवारका लागि TPS लगायत आवश्यक सहयोगका निम्ति अमेरिकी सरकारसँग कूटनीतिक पहल गरियोस्।

४. परराष्ट्रमन्त्रीज्यूको अमेरिका भ्रमण सफल र फलदायी रहोस्।

पासाङ दोर्जी शेर्पा एपी लामा

@@अध्यक्ष

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (FIPNA)