Federation of Indigenous Peoples of Nepal in America (FIPNA)
Follow us:

विश्व आदिवासी दिवस–२०२६

Event Image

विश्व आदिवासी दिवस–२०२६ सफल बनाउन योगदान गर्नुहुने सम्पूर्णमा हार्दिक कृतज्ञता 🙏

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (FIPNA) को आयोजनामा सम्पन्न विश्व आदिवासी दिवस–२०२६ लाई भव्य, सभ्य र ऐतिहासिक रूपमा सफल बनाउन योगदान गर्नुहुने सम्पूर्ण महानुभावहरूप्रति महासंघ परिवार हार्दिक आभार व्यक्त गर्दछ।

कार्यक्रममा गरिमामय उपस्थिति जनाउनुहुने प्रमुख अतिथि, विशिष्ट अतिथि, ग्रान्ड मार्सल, विशेष अतिथिहरू तथा सम्पूर्ण अतिथि महानुभावहरूप्रति हार्दिक धन्यवाद।

साथै, FIPNA का वर्तमान कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू, संघीय परिषद्का सम्पूर्ण सदस्यहरू, पूर्व अध्यक्षहरू, पूर्व सल्लाहकारहरू, महासंघसँग आबद्ध सम्पूर्ण सदस्य संस्थाका अध्यक्ष, पदाधिकारी तथा प्रतिनिधिहरूप्रति महासंघ विशेष कृतज्ञता व्यक्त गर्दछ।

कार्यक्रमको तयारी, समन्वय, व्यवस्थापन र सफल सञ्चालनका लागि विभिन्न जिम्मेवारीमा रहनुभएका सम्पूर्ण संयोजक तथा उपसमिति सदस्यहरू, प्रतिनिधिहरू, स्वयंसेवकहरू, प्राविधिक तथा व्यवस्थापन टोली, सञ्चारकर्मीहरू, कलाकारहरू, सांस्कृतिक समूहहरू, झाँकीमा सहभागी सम्पूर्ण समुदाय तथा सहयोगी महानुभावहरूप्रति हार्दिक धन्यवाद।

त्यसैगरी, कार्यक्रमका लागि आर्थिक, भौतिक, प्राविधिक, नैतिक तथा अन्य कुनै पनि प्रकारको सहयोग प्रदान गर्नुहुने सम्पूर्ण दाता, प्रायोजक, व्यवसायी, संघ–संस्था, परिवार तथा शुभेच्छुक महानुभावहरूप्रति महासंघ हार्दिक नमन गर्दछ।

कार्यक्रममा उपस्थित भई आफ्नो अमूल्य समय प्रदान गर्नुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरू, विभिन्न स्थानबाट प्रत्यक्ष तथा प्रविधिको माध्यमबाट जोडिनुभएका सम्पूर्ण शुभेच्छुकहरूलाई पनि हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।

कसैको योगदान छुट्टै ठूलो वा सानो होइन—सबैको योगदान मिलेर महासंघको सामूहिक सफलता बनेको हो। त्यसैले कार्यक्रम सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुनै न कुनै रूपमा जोडिनुभएका हरेक व्यक्ति, परिवार, समुदाय, संस्था र सहयोगी हातप्रति FIPNA परिवार समान सम्मानका साथ कृतज्ञ छ।

विश्व आदिवासी दिवसको यो सफलता आगामी दिनको यात्राका लागि नयाँ ऊर्जा, नयाँ सहकार्य र अझ बलियो एकताको आधार बनोस् भन्ने हाम्रो अपेक्षा छ।

आगामी दिनमा पनि आदिवासी जनजातिको अधिकार, पहिचान, भाषा, धर्म, संस्कृति, परम्परा तथा भावी पुस्ताको संरक्षण र पुस्तान्तरणका लागि महासंघले अघि बढाउने अभियानमा यहाँहरू सबैको निरन्तर साथ, सुझाव, सहभागिता र सहकार्यको अपेक्षा गर्दछौँ।

आजको साथलाई भोलिको अभियानमा जोडौँ।

आजको एकतालाई पुस्तौँसम्म कायम राखौँ।

विश्व आदिवासी दिवस–२०२६ सफल बनाउन योगदान गर्नुहुने सम्पूर्ण महानुभावहरूमा पुनः हार्दिक धन्यवाद तथा अनन्त कृतज्ञता। 🙏🌿

विविधतामा एकता!

एकतामा शक्ति!

जय आदिवासी जनजाति!

जय नेपाल! 🇳🇵 —

पासाङ दोर्जी शेर्पा(एपी लामा)

अध्यक्ष

— नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (FIPNA) परिवार