KIRAT YAKTHUNG CHUMLUNG AMERICA
KIRAT YAKTHUNG CHUMLUNG AMERICA
President: दिपक थेबे
Email: kinglimbu76@gmail.com
अमेरिका भर बसोवास गर्ने नेपाली मूलको आदिवाशी लिम्बू (याक्थुङ्) जाती को नाममा सन् २००४ मा स्थापना भएको संस्था हो र यो अमेरिका भर बसोवास गर्ने लिम्बू (याक्थुङ्) हरु को साझा र प्रतिनिधी मुलक संगठन पनि हो। यो संस्था अमेरिकाको बिभिन्न राज्यहरुमा छरिएर बसोवास गरिरहेको लिम्बुहरु लाई जोड्दै र संगठित गर्दै उनीहरुको भाषा, संस्कृती, संस्कार र प्रम्पराहरुको पर्वदन र सम्रकक्षण गर्ने उदेश्यको साथ् सन् २००५ मा न्यूयोर्क राज्यमा अमेरिकी कानून ५०१ (c ) ३ मुत्ताबिक अराजनितीक एम मुनाफा रहीत संस्थाको रुपमा दर्ता रहेकोछ। कियाचु-अमेरिका आफ्नो स्थापना काल देखी नै सक्रिय रुपमा अमेरिकाको बिभिन्न राज्यहरुमा संगठन बिस्तार गर्ने धेयको साथ् निरन्तर लागी परेकोछ। हाल कियाचु अमेरिका - न्यूयोर्क, क्यालिफोर्निया, र टेक्सास गरी तिन राज्यहरुमा बिस्तारित छ र यसको मुख्यालय न्युयोर्क शहर हो। कियाचु-अमेरिकाको केन्द्रीय कार्यसमितिमा अमेरिकाको बिभिन्न राज्यहरु बाट प्रतिनिधित्व रहेको छ। यो संस्था लिम्बुहरुको संस्कार, संस्कृति र प्रम्परा जागेर्णा तथा प्रर्वान्दन गर्नको लागी कटिबद्ध रहेको छ। कियाचु-अमेरिका सन् २००८ साल देखी किरात याक्थुङ् चुम्लुङ् नेपालको भगिनी संस्थाको रुपमा रहेकोछ र साथै कियाचु-अमेरिका यहाँ सन् २००५ स्थापीत नेपाली आदिवासीहरुको छाता संगठन नेपाली आदिवासी जनजाती महासंघ अमेरिका ( Federation of Indigenous Peoples’ of Nepal in America-FIPNA ) को संस्थापक सदस्य पनि हो।